लुम्बिनी

अक्सिजन व्यवस्थापनको जिम्मा सेनालाई

इकागज |
बैशाख ३१, २०७८ शुक्रवार १९:१७ बजे

बुटवल : अक्सिजनको चरम अभावले उपचार प्रभावित भइरहेका बेला रुपन्देहीमा अक्सिजनको व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला सुरक्षा समिति,अक्सिजन उद्योगी र सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै अक्सिजन उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले यसका लागि नेपाली सेना गरुण दल गण,रामनगर ब्यारेकलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रजिअ तामाङका अनुसार यस्तो निर्णयसँगै शनिबारदेखि रुपन्देहीमा रहेका अक्सिजन उद्योग तथा प्लान्टहरूमा नेपाली सेनाको जनशक्ति खटिने छ । अक्सिन सहज आपूर्तिका लागि सेनाले व्यवस्थापन गर्नेछ ।


यसबाट अक्सिजनको उत्पादनमा बृद्धि गर्न र प्रभावकारी व्यवस्थापन गर्न ठूलो सहज पुग्ने बताए । उनले भने,'सेना मार्फत व्यवस्थापन गर्यो भने अक्सिजनको उत्पादन र बितरण  सहज ब्यवस्थापन हुने विश्वास छ ।' रुपन्देहीमा शंकर अक्सिजन ग्याँस प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्याँस इण्डष्ट्रिज पड्सरी र लुम्बिनी अक्सिजन ग्याँस प्रालि तिलोत्तमाले अक्सिजन उत्पादन गर्दै आएका छन् ।


Author

थप समाचार
x