लुम्बिनी

संघले अधिकार नदिँदा प्रदेशलाई चुनौती : मुख्यमन्त्री

इकागज |
जेठ १५, २०८० सोमबार १५:५३ बजे

बुटवल । लुम्बिनी प्रदेशले १६ औ गणतन्त्र दिवसको अवसरमा सोमबार विशेष समारोहको आयोजना गरि मनाएको छ । तीन दिनसम्म औपचारिक कार्यक्रम गरेर मनाइरहेको दिवसको अवसरमा सोमबार विशेष समारोहको आयोजना गरेको हो । 

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अहिले संघसँग अधिकार प्राप्तिको लडाइ भइरहेको बताएका छन् । उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको भन्दै प्रदेशमा पूर्ण अधिकार नआउँदासम्ममा गणतन्त्र संस्थागतमा चुनौती थपिइरहेको बताए । उनले भने –संविधानमै रहेका अधिकार दिन कन्जुस्याइँ गरेकोले गर्दा गणतन्त्र संस्थागत हुन चुनौती थपिएको छ । अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्री चौधरीले गणतन्त्र संस्थागत हुन नसक्ने, जनताको अपेक्षा पूरा गर्न नसकिने, आ–आफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएकाले प्रदेशलाई थप चुनौती थपिएको बताए । 


उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने बताए । गणतन्त्रको उपलब्धीलाई तल्लो तहसम्म पु¥याउन छ । अनिमात्र गणतन्त्रामा सबैको अपनत्व बढ्छ । प्रदेश सरकार यसलाई ध्यानमा राखेर कार्यक्रम बनाउँछौँ, मुख्यमन्त्री चौधरीले भने । 

कार्यक्रममा आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले गणतन्त्र चन्दा चिठ्ठा र दानमा प्राप्त नभएको भन्दै यसको महत्व ठूलो रहेको बताए । कार्यक्रमममा विभिन्न प्रतियोगितामा सहभागी र विजेता टोलीलाई पुरस्कार समेत प्रदान गरिएको थियो । 
 


Author

थप समाचार
x