लुम्बिनी

पाल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्याे

इकागज |
जेठ २२, २०८० सोमवार ८:११ बजे

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीमा आइतबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा १० जना घाइते छन् । दुर्घटनामा परी मृत्यु हुने सबै अर्घाखाँचीका हुन् ।

मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१, की ५५ वर्षीया श्यामकला परियार, पाणिनीकै चालक २६ वर्षीय रमेश विक, पाणिनी २ पोखराथोककी  २५ वर्षीया सीता गौतम, पोखराथोककी दुई वर्षीय संयोग गौतम र पाणिनी, पणेनाका ३७ वर्षीय विजय पोखरेल रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।


परियार, विक र गौतमको घटनास्थलमै र, पोखरेल र दुई वर्षीय संयोगको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १० जनाको रुपन्देहीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । ती मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

जसमा ४ जनाको भैरहवा मेडिकल कलेज र एक जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । थप पाँच जना घाइतेको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी छ । घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप ढोरपाटन सडकको केवँरेछेडामा दुर्घटनामा भएको हो । दुर्घटनाग्रस्त जीप सडकदेखि ७० मिटर तल खसेको थियो ।


Author

थप समाचार
x