पाल्पाको रामपुर नगरपालिकाले माग्यो कोभिड खोप किन्ने अनुमति
फाइल फोटो
बुटवल : पाल्पाको रामपुर नगरपालिका आफैले खोप किन्न अनुमति माग्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको छ । नगरपालिका आफैले कोभिड १९ संक्रमण रोकथाम, उपचार, नियन्त्रण र व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर खोप किन्न अनुमति मागेको हो ।
नगरपालिकाभित्र बसोबास गर्ने नागरिकका लागि कोभिड–१९ विरुद्धको खोप लगाउने सोच नगरपालिकाको भएको नगरप्रमुख रमणबहादुर थापाले बताए। नगरप्रमुख थापाले भने सरकारले दिए ठिकै छ । नभए प्रचलित ऐन नियमावली र मापदण्डको परिधिभित्र रही तोकिएको मापदण्डबमोजिम कोभिड–१९ विरुद्धको खोप किन्न अनुमति चाहियो।
नगरपालिकाले ५० हजार डोज खोप खरिद गर्ने कार्यका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गरेको हो । नगरप्रमुख थापासँगै प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला सहितको टोलीले आइतबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई भेटेर यस विषयमा जानकारी पनि गराएको छ ।
नगरपालिकाको आग्रहलाई सकारात्मक लिएर सरकारको तर्फबाट केही आर्थिक तथा प्राविधिक सहयोग दिने मन्त्री त्रिपाठीले आश्वासन दिएको नगरप्रमुख थापाले बताए । नगरप्रमुख थापाले आफूले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधाका साथै विकास बजेट र जनप्रतिनिधिहरुको भत्ता कटाएर ५० हजार डोज खोप किन्ने योजना नगरपालिकाले रहेको बताए।
भारतका तीन कम्पनीसँग खोप किनेर ल्याउनका लागि नगरपालिकाले विभिन्न सम्पर्कमार्फत् प्रयास गरिरहेको नगरप्रमुख थापाले बताए। कोभिड–१९ विरुद्धको खोप खरिदमा समन्वय गरेका अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले भारतमा खोप उत्पादन गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीहरुसंग छलफल भइरहेको बताएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया