लुम्बिनी

लुम्बिनीमा रुसले प्राचीन गुम्बा बनाउँदै

इकागज |
जेठ १६, २०७८ आइतबार १७:१५ बजे

बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण हुने भएको छ । रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण हुने भएको हो । रुसका बौद्धमार्गीहरूको पहल र प्रयासमा उक्त संरचना निर्माण हुनेछ । त्यसका लागि केही दिनअघि मात्र लुम्बिनीमा भूमि पुजन गरिएको लु्म्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

उनका अनुसार रसियामा कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको कम्पनीको मुख्य प्रायोजनमा मन्दिर निर्माण हुने भएको हो । रुसी दूतावासमार्फत् लुम्बिनी विकास कोषसँग सम्झौता सम्पन्न भएको हो । जहाँ रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाको डिजाइन गरिएको छ । यसमा प्रवासी नेपालीहरूले समेत सहजीकरण गरेका छन् । 


बुद्धको जन्मस्थान लुम्बिनीमा २७ देशहरूले आफ्नो देशको प्रतिनिधित्व हुनेगरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेका छन् । विकास कोषका अनुसार, ४० वटा देश तथा संघ संस्थालाई संरचना निमार्णका लागि सम्झौता भएको हो । झण्डै  १२ प्रतिशत जनसंख्या बौद्धमार्ग भएको मुलुक रुसले अबको २ वर्षमा मन्दिर निर्माण गर्ने जनाएको छ । 
 


Author

थप समाचार
x