लुम्बिनी

राष्‍ट्रिय सभा उपनिर्वाचन: लुम्‍बिनीमा कांग्रेस उम्‍मेदवार पाण्‍डे विजयी

विक्रम खड्का |
जेठ १७, २०७८ सोमबार १६:९ बजे

बुटवल: लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । कांग्रेसका पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । विजयी भएको घोषणा भने हुन बाँकी छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो ।  बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x