लुम्बिनी

कोभिडले ३५ वर्षीय डाक्टरको मृत्यु

बिक्रम खड्का |
जेठ २०, २०७८ बिहिवार १०:४४ बजे

बुटवल : रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । उनको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।

शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख सुशील गुरुङका अनुसार धेरै संक्रमितको ज्यान बचाएका डा. पशुपति रजौरियाको ३५ वर्षको उमेरमा कोभिडले मृत्यु भएको हो । भर्खरै विवाह गरेका श्रीमान-श्रीमती नै कोभिडसंगै लडिरहेका थिए । श्रीमती डा. हसिना वानुले कोभिड परास्त गरेपनि डा. रजौरियाले हारेका छन् । उनीहरु दुवै जना भैरहवाको सोही अस्पतालमा कार्यरत थिए । श्रीमती वानु प्रसूति तथा स्त्री रोग विशषज्ञ हुन् । उनीहरुको केही समयअघि मात्रै विवाह भएको थियो ।


छोटो समयमै राम्रो पहिचान बनाईसकेका डा. रजौरियाको निधनले यस क्षेत्रका स्वास्थ्यकर्मीहरु स्तब्ध बनेका छन् । निकै राम्रो र लगनशील डाक्टर गुमाउनु परेकोमा अस्पताल परिवार स्तब्ध रहेको गुरुङले बताएका छन् । उनको घर कपिलवस्तु रहेको पनि अस्पताल प्रशासनले जानकारी जनाएको छ । 

काभिड १९ का कारण सोही मेडिकल कलेजमा मात्रै १ सय ६० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । उनीहरुमध्ये अधिकांश कोभिडमुक्त भएका थिए । डा रजौरियाले कोभिड विरुद्धको खोप नलाएको अस्पतालको रेकर्ड शाखाले जनाएको छ । भर्खरु विवाह गरेका उनीहरु दुवै जनाले खोप लगाउन ईन्कार गरेका थिए । 
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x