लुम्बिनी

कुलोको विषयमा विवाद भएपछि दाङमा गोली चल्यो

इकागज |
जेठ २८, २०७८ शुक्रबार १४:३ बजे

बुटवल : दाङको तुल्सीपुरमा गोली चलेको छ । खेतमा पानी लैजाने कुलोको विषयमा भएको विवादमा एक युवाले गोली चलाएका छन् ।

गोली चलाएको आरोपमा जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–८ का पूर्णबहादुर वली पक्राउ परेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । विवाद भएपछि उनले हावामा गोली चलाएको प्रहरीको भनाई छ । प्रहरीले २१ वर्षे आकास चौधरीलाई गिरफ्तार गरेको छ ।


प्रहरीले पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । उक्त विवाद र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x