लुम्बिनी

वर्षाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, आपतकालिन अवस्थाका यात्रु अलपत्र

इकागज |
असार १, २०७८ मंगलबार १४:७ बजे

बुटवल : दुईदिन देखि जारी वर्षाका कारण लुम्विनी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले क्षति पुर्याएको छ । बाढीले डाइभर्सन बगाउँदा बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत चरंगेमा राजमार्ग अवरुद्व भएको छ । बाटो अवरुद्ध हुँदा आपतकालिन अवस्थामा हिडेकाहरु अलपत्र परेका छन् । 

बुटवल पाल्पाको सडकखण्डमा ठाँउठाँउमा पहिरो खसेको छ । पहिरो हटाउने र एकतर्फि सडक सुचारु गर्ने काम भैरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । निरन्तरको वर्षाका कारण तिनाउ नदिको बाढी खतराको संकेत पार गरेको छ । नदि किनारका वासिन्दालाई सुरक्षित रहन प्रशासनले अपिल गरेको छ । पाल्पाको डुम्रेमा पहिरो खसेको पाल्पा प्रहरीले जनाएको छ ।


साना नदि र कुलाहरुमा समेत ठुलो वाढि आएपछि किसानहरुले राखेको धानको बीउ डुबाएको छ । बाढीका कारण बीउ नष्ट भए समयमा धान रोप्न नसक्ने किसानहरुको चिन्ता छ । बाढीको अवस्थाको जानकारी लिन आफुहरु पनि फिल्डमा निस्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।


Author

थप समाचार
x