लुम्बिनी

आइपुग्यो टरिगाउँ विमानस्थलमा तेल भण्डारण ट्यांकी

इकागज |
असार १२, २०७८ शनिबार १९:४७ बजे

फाइल तस्बिर

दाङ : यहाँस्थित टरिगाउँ विमान स्थलका लागि तेल भण्डारण गर्न रिफिलिङ ट्याङ्की तथा आवश्य उपकरण आइपुगेको छ  । एकमहिना अगाडि भारतको मुम्बईबाट नेपालगञ्जस्थित भन्सार कार्यालयमा ती सामग्री ल्याइ राखिएको थियो । विमानस्थल कार्यालयका प्रमुख कैलाश शर्माले रिफिलिङ ट्याङ्की तथा आवश्य उपकरण शनिबार आइपुगेको जानकारी दिए । उनका अनुसार अब जहाजमा इन्धन भर्न बाउजरसहितका उपकरण ल्याउन आवश्यक छ । 

विमानस्थलमा इन्धन  डिपो नहुँदा यहाँ आउने जहाजलाई नेपालगञ्ज गएर तेल भर्नु पर्ने समस्या रहेको छ । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयको विशेष पहलमा  लामोसमयदेखि अवरुद्ध भएको हवाई  सेवा सञ्चालन आएको छ ।  साथै विमान स्थलमा यात्रुको सुविधाकालागि नयाँ टर्मिनल भवन लगाएतका संरचनाहरू निर्माण सम्पन्न पनि भएका छन् ।


सो विमान स्थलबाट हाल नेपाल वायुसेवा निगमल दैनिक दुई उडान भर्दै आएको छ । हाल कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणक लागि जारी गरिएको निषेधाज्ञाका कारण हवाई सेवा रोकिएको छ । सरकारले यही असार १७ गतेदेखि जनस्वास्थ्यका आवश्यक मापदण्ड कायम गर्दै आन्तरिक उडान सञ्चालनमा ल्याउने जनाएको छ ।


Author

थप समाचार
x