लुम्बिनी

लुम्बिनीमा शंकर पोख्रेललाई फेरि झड्का

भौतिक पूर्वाधार विकास राज्‍यमन्‍त्रीद्वारा पदबाट राजीनामा

इकागज |
असार १८, २०७८ शुक्रबार १४:२८ बजे

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई फेरि अर्को झड्का लागेको छ । एमालेबाट मुख्यमन्त्री बनेका पोख्रेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै विपक्षीहरू आन्दोलनमा उत्रिरहेका बेला आफ्नै क्याबिनेटमा रहेको एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि उनलाई थप संकट परेको हो । 

राजपाको महन्त पक्षको समर्थनमा सरकार रहेकी भौतिक विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पद त्यागेकी हुन् । उनले पदबाट राजीनामा दिँदै उपेन्द्र यादव पक्षमै फर्किएको बताइन् । ‘विगतमा केही कमिकमजोरी भए त्यसलाई आत्मआलोचना गर्दै पुन परानै अवस्थामा फर्किएको छ । प्रतिगमनको साथ दिएर बस्न उचित लागेन्,’ उनले भनिन् ।  


यता उपेन्द्र यादव पक्षका प्रदेश अध्यक्ष अशोक यादवले रायमाझी पदबाट राजीनामा दिएर आफूहरूको क्याम्पमा आएको स्वीकार गरे । उनले भने, ‘गल्तीकमजोरीहरू स्वीकार गरेर आउनेलाई स्वागत नगर्ने कुरा भएन, उहाँले पार्टी कारबाही फुकुवाको निवेदन पनि दिनु भएको छ  ।’ राजपाका ६ जना मध्ये ४ जना सांसदले शंकर पोख्रेललाई साथ दिँदै मन्त्री बनेका थिए । त्यस मध्ये एक जना यादव समुहमा फर्किएपछि उनीहरू अब तीन-तीन जाना भएका छन् । 
 


Author

थप समाचार
x