लुम्बिनी

लुम्बिनीका १६ स्थानीय तहमा औधोगिकग्राम

इकागज |
असार २५, २०७८ शुक्रबार १५:५२ बजे

बुटवल : उद्योगको पूर्वाधार विकासका लागि सरकारले स्थानीय तह लक्षित उद्योगग्राम निर्माण अघि बढाएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको औधोगिक पूर्वाधार वातावरण महाशाखाका अनुसार अहिलेसम्म ८४ वटा उद्योगग्रामको काम अघि बढेको हो । 

जसमा लुम्बिनी प्रदेशमा १६ वटा ग्राम निर्माण प्रक्रियाअघि बढेको छ । जस अनुसार नवलपरासीको वर्दघाट र सुनवलन नगरपालिका तथा रुपन्देहीको तिलोत्तमा र सैनामैनामा उद्योग ग्रामका लागि डीपीआर बनेको छ । 


त्यस्तै अर्घाखाचीको सन्धीखर्क, पालपाको रामपुर र तानसेन, रैनादेवी  छहरा, छन् भने गुल्मीको धुर्कोट, ईस्मा र मदाने गाउपालिकामा पनि काम अघि बढेको छ । 
त्यसैगरि प्युठानको स्वर्गद्धारी, दाङको तुल्सीपुर, बा्रकेको खजुरा र वर्दियाको बढैयाताल रहेका छन् । उनिहरुले डीपीआर गरेपछि पुर्वाधारवापत मन्त्रालयवाट रकम पाउने छन् । 


Author

थप समाचार
x