लुम्बिनी

शंकर पोखरेल गरे कनकमणि बुद्धको मूर्ति अनावरण

इकागज |
असार २६, २०७८ शनिबार १७:५२ बजे

काठमाडौँ : कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ । शनिबार कपिलवस्तु नगरपालिका-५ गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणी बुद्धको प्रतिमा मुख्यमन्त्री शंकर पोखरेलले अनावरण गरेका छन् । 

कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले कपिलबस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ भएको र यसलाई चिनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा कपिलवस्तुका सम्पदा स्थलको थप उत्खनन् हुने बताए । संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल कपिलवस्तु घुम्न आउने पर्यटकको प्रतिमासहितको पार्कले ध्यान खिच्ने उनको भनाई छ ।


अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मुर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ । कनकमणि बुद्धको मुर्ति विश्वको दोस्रो हो । यस अघि बर्मामा कनकमणिको मुर्ति रहेको छ । मुर्ति सहित बगैँचाको समेत उद्घाटन गरिएको छ । 


Author

थप समाचार
x