लुम्बिनी

लुम्बिनीको बजेट : तानातानमा सांसदहरू

बिक्रम खड्का |
असार ३१, २०७८ बिहिवार १५:११ बजे

बुटवल : लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/८९ को बजेट पारित गर्न आज प्रदेश सभामा निर्णयार्थ पेस हुँदैछ । यसअघि सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले दिएपछि बजेट निर्णयार्थ पेस हुने आजको कार्यसूची छ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको विपक्षी गठबन्धन बजेट पारित नगर्ने रणनीतिमा रहेको छ ।  प्रदेश सरकार हाल अल्पमतमा रहेको र अल्पमतको सरकारले ल्याएको वजेट पनि अवैधानिक हुने भन्दै विपक्षी गठबन्धले मुख्यमन्त्री पोखरेलले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने या राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । 


सत्तारूढ दल नेकपा एमालेका ३८ जना, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरेर हाल ८३ सदस्यीय प्रदेश सभामा जसपाका ३ जना सत्तापक्षमा र ३ जना विपक्षी गठबन्धनमा लागेकाले सभामुख बाहेक सत्ता पक्ष र विपक्षी गठबन्धनको बराबर रहेको छ । यस्तो अवस्थामा बजेट पास गर्नका लागि सभामुखको मत निर्णायक हुनसक्छ ।

त्यसैगरी दुवै पक्षले केहि सांसद अनुपस्थित बनाउने बनाएका छन् । सत्तारुढ दलका एक जना र विपक्षीका एक जना सांसद हिजोदेखि सम्पर्कमा नआएको समाचार स्रोतले दावी गरेको छ । जसका कारण सरकारले ल्याएको बजेट के हुने भन्ने अन्योल रहेको हो । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x