लुम्बिनी

घरी यता, घरी उता

विमला वली फेरि एमालेमा

इकागज |
साउन १८, २०७८ सोमबार १६:१३ बजे

बुटवल - केहिदिनदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन रहेको भनिएकी लुम्बिनी प्रदेश सदस्य विमला खत्री वली एमालेमा खुलेकी छिन् । नेकपाबाट चुनाव लडेकी वली यसअघि माओवादी केन्द्रमा खुलेकी थिइन् ।

सत्ताको चरम रस्साकस्सी चलिरहेको बेला वली एमालेमा खुल्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी केहिदिनदेखि सम्पर्कविहीन भएको चर्चा चलेको थियो । तर सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमाले संसदीय दलमा रहेको बताएकी छिन् । उनी श्रीमान् उत्तरकुमार वलीको मृत्युपछि तत्कालीन नेकपाबाट चुनाव लडेर जितेकी थिइन् ।



Author

थप समाचार
x