लुम्बिनी

राजावादीहरूको गतिविधिले २०१७ र ०५९ नियति दोहोरिने खतरा बढ्यो : चित्रबहादुर केसी

इकागज |
मंसिर २०, २०७७ शनिवार १८:१८ बजे

बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमनको खतरा बढ्दै गएको बताएका छन् । शनिबार रुपन्देहीमा प्रगतिशील पत्रकार संघका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष केसीले कमजोर गतिविधिका कारण प्रतिगामी राजावादीहरूको सक्रियता बढेको बताए । देशभर चलिरहेको राजावादीहरूको गतिविधिलाई हल्का लिन नहुने केसीको भनाइ छ ।

राजावादी र हिन्दुवादी संस्थाहरूले बहुदलीय व्यवस्थाका विरुध्दमा २०१७ सालमा पनि अहिले जस्तै गतिविधिहरू संचालन गरेको स्मरण गर्दै केसीले जसको परिणामस्वरुप २०१७ पुस १ गतेको काण्ड घटेको र त्यसका विरुध्द नेपाली जनताले ३० वर्षसम्म संघर्ष गर्नु परेको बताए । 


२०४६ सालपछि प्राप्त बहुदलीय व्यवस्थालाई समाप्त पार्न राजावादीहरूले गतिविधि बढाएको र ०५९ माघ १९ गते शाहीकाल घोषणा भएको पनि केसीले स्मरण गरे । राजावादीहरूको बढिरहेको गतिविधिले २०१७ पुस १ र ०५९ माघ १९ गतेको नियति दोहोरिन सक्ने केसीको आशंका छ । उनले प्रतिगामीहरूका विरुध्द, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बताए । 

राजावादीहरूको गतिविधिविरुध्द, गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा गणतन्त्र पक्षधर शक्तिहरू एक हुनुपर्ने केसीले बताए । गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने केसीको दाबी छ । 


Author

थप समाचार
x