लुम्बिनी

लुम्बिनीमा थप दुई मन्त्रीले पनि राजीनामा बुझाउँदै

विक्रम खड्का |
साउन २७, २०७८ बुधबार ८:० बजे

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका थप दुई मन्त्रीले पनि राजीनामा बुझाउने भएका छन् । सरकारका कृषि मन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।

संसदिय दलको बैठकको निर्णय अनुसार सरकारबाट बाहिरिने निर्णय भएको कृषि मन्त्री यादवले बताए । उनले भने 'हामी तीन जना मन्त्री सरकारबाट बाहिरिने निर्णय भएको छ । दलको नेता तथा भौतिक मन्त्री सन्तोष पाण्डेले बुझाई सक्नु भएको छ, म र कल्पना पाण्डेयबाट पनि राजीनामा आउँछ । उनले आफू बाहिर भएको र कल्पना अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको बताए । उनीहरू तीनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए । त्यसकारण उनीहरूलाई जसपाको संस्थापन पक्षले कारबाही गरेको छ । संसद्‌बाट पदमुक्त तीनै जनाको मुद्वा सर्वोच्चमा विचाराधिन छ ।



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x