लुम्बिनी

गेरुवा गाउँपालिकामा सर्वसम्मत चुनियो कांग्रेसको कार्यसमिति

इकागज |
असोज ११, २०७८ सोमबार २०:१६ बजे

बर्दिया- १४ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसको गेरुवा गाउँपालिकाको अधिवेशनले सर्वसम्मतीमा नयाँ कार्यसमिति चयन गरेको छ ।

कांग्रेसको संगठन विभागका केन्द्रीय सदस्य युवा नेता जन्मजय तिमिल्सिनाको सक्रियतामा किरणबहादुर रावलको सभापतित्वमा ३८ सदस्यीय कार्यसमिति र १९४ जना क्षेत्रीय सदस्य सर्वसम्मतीमा चयन भएका हुन् । 


गाउँपालिकाको उपसभापतिमा एमबहादुर थापा र गोपाल गिरी, सचिवमा पञ्चप्रकाश चौधरी र रामनाथ शर्मा तथा सहसचिवमा कृष्ण थारु र रामपति थारु चयन भएका नेता तिमिल्सिनाले जानकारी दिए । 
 


Author

थप समाचार
x