लुम्बिनी

गुल्मीदरवार गाउँपालिकामा कांग्रेस विजयी

इकागज |
जेठ १, २०७९ आइतबार ६:१७ बजे

गुल्मी- गुल्मीको गुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन् ।  दुबै कांग्रेस उम्मेदवार हुन् ।


अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा एमालेकै सुशीला पुनले ५ हजार ५८९ मत मात्र पाए । 

७ वटा वडामध्ये ४ वटा वडामा कांग्रेस र बाँकी ३ वडामा एमाले विजयी भएको छ ।


Author

थप समाचार
x