कर्णाली

रोल्पामा कैदी झुन्डिएको अवस्थामा भेटिए

इकागज |
जेठ ५, २०७९ बिहीबार १०:१९ बजे

सांकेतिक तस्बिर

रोल्पा- रोल्पा कारागारमा गए राति एक पुरुष  कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् ।  

सुर्खेतको बराहताल गाँउपालिका-१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको  जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए । 


शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ । रासस


Author

थप समाचार
x