कर्णाली

अख्तियारमा कर्णालीका एक हजार बढी उजुरी

इकागज |
साउन २५, २०७९ बुधबार १४:० बजे

सुर्खेत । एक वर्षको अवधिमा कर्णालीका अनियमितता तथा भ्रष्टाचारका एक हजार बढी उजुरी परेको छ । आर्थिक वर्ष २०७८–०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा एक हजार चार सय ३२ उजुरी परेको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सबैभन्दा बढी सुर्खेतबाट २९३, दैलेखबाट २४०, मुगुबाट १५०, कालिकोटबाट १४५, हुम्लाबाट १४३, जाजरकोटबाट १३६, जुम्लाबाट ९६, सल्यानबाट ९४, रुकुमपश्चिमबाट ७५ र  डोल्पाबाट ५५ उजुरी परेका छन् । 


कार्यालयमा वर्षेनि उजुरीको संख्या बढ्दै गइरहेको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए  । कार्यालयमा परेका अधिकांश उजुरीहरु स्थानीय तहका रहेको रिजालले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७८–०७९ मा झण्डै ६३ प्रतिशतले उजुरी बढेको छ । 

यसरी कार्यालयको तथ्यांक अनुसार स्थानीय पालिकाहरुमा विकाससँगै बेथिति बढिरहेको देखिन्छ । त्यसैगरी स्थानीय तहमा पनि शिक्षा सम्बन्धि बढी उजुरी आउने गरेको उनले बताए । गएको वर्ष कार्यालयमा आएका उजुरी मध्ये नौ सय ९ वटा उजुरी फर्स्याेट भएको सूचना अधिकारी रिजालले जानकारी दिए । 


 


Author

थप समाचार
x