कर्णाली

कर्णाली प्रदेश प्रमुखद्वारा चार विधेयक प्रमाणीकरण

इकागज |
साउन २७, २०७९ शुक्रबार २२:८ बजे

फाइल फोटो

सुर्खेत - कर्णाली प्रदेश प्रमुख तिलक परियारले चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । कर्णाली प्रदेश सचिवालयले आज एक सूचना टाँस गर्दै प्रदेशसभाबाट विभिन्न मितिमा पारित भएका चार विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेको जनाएको छ । 

‘प्रदेशसभा सचिवालयसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९,’ ‘मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्तसम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९’ प्रमाणीकरण गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए । 


त्यस्तै ‘प्रदेश लोकसेवा आयोगको पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त तथा सुविधासम्बन्धी ऐन, २०७९’ र ‘प्रदेश लोकसेवा आयोग (दोस्रो संशोधन ऐन), २०७९’ प्रमाणीकरण गरिएको उहाँले बताउनुभयो । तीसँगै कर्णालीमा प्रमाणीकरण भएका विधेयकको सङ्ख्या ४० पुगेको छ । रासस


Author

थप समाचार
x