कर्णाली

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

इकागज |
असोज १, २०७९ शनिबार १७:४१ बजे

फाइल तस्बिर

सुर्खेत- कर्णाली राजमार्गसहित दैलेख–सुर्खेत सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गएको शुक्रबार साँझदेखि विभिन्न ठाउँमा सडक अवरुद्ध भएको हो ।

सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका–६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको छ । त्यसैगरी कालिकोटको खाँडाचक्र नगरपालिका–५ मौलाकाटिया, दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला, चामुण्डाविन्द्रासैनी नगरपालिका–७ रामघाट र बराहताल गाउँपालिका–७ कल्यानमा पहिरो गएको हो ।


पहिरोका कारण सवारी साधनहरू अवरुद्ध भएका छन् । स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागि रहेको छ । पहिरोले तीन दिनदेखि सवारीसाधन बाटोमा रोकिएका छन् । साँगुरो कर्णाली राजमार्गमा वर्षातमा हिलाम्मे हुँदा समयमा गन्तव्य पुग्न सवारी साधनलाई हम्मेहम्मे परेको छ । जेसिबी ल्याएर पहिरो हटाउने प्रयास भएपनि अविरल वर्षाका कारण हटाउने काम प्रभावित बनेको जनाइएको छ ।

राजमार्ग र दैलेख–सुर्खेत सडक खण्डमा पहिरो हटाउने प्रयास भइरहेको दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए । राजमार्गमा ठूलो पहिरोले दुई दिनदेखि आधा बाटोमै बास भएको गाडी चालक सन्तोष बुढाले बताए ।
 


Author

थप समाचार
x