कर्णाली

हिउँ पर्‍यो फुरूरू

पाँच फोटोमा हेर्नुहोस मुगुमा बैशाख महिनाको हिमपात (फोटो फिचर)

इकागज |
बैशाख ४, २०७८ शनिबार १९:५४ बजे

फोटो सौजन्य : वीरेन इरागन

काठमाडौँ : मुगुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । काठमाडौँमा पछिल्लो दुई दिन यता हावाहुरी र असिना पानी पर्दा कर्णालीको हिमाली जिल्ला मुगु लगायतका ठाउँमा हिमपात भएको हो । 


मुगुको माथिल्लो भेगमा बैशाख महिनामा समेत हिमपात हुने गरेको छ । सदरमुकाम दुनै लगायतका ठाउँबाट माथि डाँडा, टाकुराहरुमा हिमपात भएको स्थानीयले बताएका छन् । 

शनिबार दिउँसोदेखि हिमपात हुँदा मुगुको माथिल्लो भेग सेताम्मे देखिएका छन् । बेलूकीको पारिलो घाममा हिउँ टल्किदा मुगु झन् सुन्दर देखिएको छ । मुगुमा पछिल्लो समय फागुन अन्तिम हप्ता हिउँ परेको थियो ।

तर यस वर्ष पर्याप्त हिउँ नपर्दा मुगु, डोल्पा, हुम्ला लगायत हिमाली जिल्लाका किसान भने चिन्तित छन् । पर्याप्त हिउँ नपर्दा बाली बिग्रने डर हुन्छ । 

सबै फोटो : वीरेन इरागन


Author

थप समाचार
x