कर्णाली

वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा

इकागज |
असोज २१, २०७९ शुक्रवार २१:० बजे

सुर्खेत -विगत तीन दिनदेखि परेको अविरल वर्षका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा परेको छ । वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनी लगायतका क्षेत्रहरु डुबानमा परेका छन् ।  निरन्तर वर्षाका कारण उपत्यकाको तल्लो क्षेत्र डुबानमा परेपछि स्थानीयबासीहरु घर छोडेर सुरक्षित स्थानतिर लागेका छन् । धानबालीहरु सबै डुबाएको छ । 

वर्षाले जलमग्न गरेको वीरेन्द्रनगर उपत्यकाको दक्षिणतर्फको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, जनप्रतिनिधिहरु अवलोकन गरेका छन् । साथै उक्त क्षेत्रमा बिहानदेखि नै सुरक्षाकर्मीको टोली परिचालन भईरहेको छ । उक्त क्षेत्रमा सबै परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा सारेको छ। भने पाक्नै लागेको सबै धान भने बाढीले नष्ट बनाएको स्थानीयबासीले बताएका छन् ।  हाल मानवीय क्षति कुनै पनि नभएको प्रहरीले जनाएको छ ।


जिल्लाका मुख्य राजमार्ग तथा अन्य सडकहरु पहिरोको कारण सवारी आवतजावतमा कठिनाई भएको छ । पहिरो हटाउँदै सवारी आवतजावतलाई सहज बनाइएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x