कर्णाली

माओवादी जुम्ला इन्चार्जमा भण्डारी

इकागज |
मंसिर १५, २०७९ बिहिवार ११:३६ बजे

जुम्ला- नेकपा माओवादी केन्द्रले पोलिटव्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला ईन्चार्ज तोकेको छ । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई दिएका हुन् । 

मल्लको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नरेश भण्डारीलाई हाम्रो पार्टी माओवादी केन्द्रको विधान २०७८ को दफा (४) अनुसार जिल्ला समन्वय समिति जुम्लाको ईन्चार्जको जिम्मेवारी दिइएको छ ।’


जुम्ला इन्चार्जको जिम्मेवारी आफूले पाएको भण्डारीले पनि जानकारी दिए । पार्टीले १५ वर्षपछि फेरि ईन्चार्जको जिम्मेवारी दिएको जानकारी दिँदै भण्डारीले भने, ‘अब पार्टीमा सबैसँग सहकार्य गरेर अगाडि बढ्नेछु  ।’ 

यसअघि जुम्लामा माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी ईन्चार्जको रुपमा थिए । 


Author

थप समाचार
x