कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसद पदमुक्त
बैशाख : ‘फ्लोर क्रस’ गरी मतदान गरेका कर्णाली प्रदेशसभाका चार जना सांसदहरू पदमुक्त भएका छन् । कर्णाली प्रदेशसभाको साताैँ अधिवेशन अन्र्तगत सोमबार आयोजित दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले दल त्याग सम्बन्धि सूचना सुनाएपछि औपचारिक रुपमा सांसद पदमुक्त भएका हुन् ।
नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्बन्धी सूचना सुनाउँदै सभामुख शाहीले चार सांसदको पद रिक्त भएको घोषणा गरेका छन् । दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद अम्मरबहादुर थापा, कालीकोट ‘क’बाट कुर्मराज शाही, डोल्पा ‘क’बाट नन्दसिंह बुढा, सल्यान एक ‘ख’बाट प्रकाश ज्वाला पदमुक्त भएको सभामुख शाहीले घोषणा गरेका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी सरकार जोगाउन ‘फ्लोर क्रस’ गरी मतदान गरेका उनीहरूलाई एमालेले सांसदबाट निष्काशन गरेको थियो । ज्वालाबाहेक तीनजना मन्त्रीसमेत भइसकेका छन् । पाँच सांसदको पद रित्त रहेसँगै ४० सदस्यीय प्रदेशसभामा अब ३५ सदस्यमात्रै बाँकी रहेका छन् । नेकपा माओवादीबाट निर्वाचित दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘क’बाट निर्वाचित सांसद धर्मराज रेग्मीको पद यसअघि नै रिक्त भइसकेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया