कर्णाली

‘फ्लोर क्रस’ गर्ने सांसदलाई नेता कँडेलले भने, ‘अब चुनाव आएपछि थाहा हुन्छ’

लक्ष्मी भण्डारी |
बैशाख १३, २०७८ सोमबार १८:४ बजे

सुर्खेत : एमाले कर्णाली प्रदेशका संसदीय दलका नेता यामलाल कँडेलले ‘फ्लोर क्रस’ गरेर मतदान गर्ने एमालेका चार सांसदलाई ‘भगौडा’ को संज्ञा दिदंै उनीहरूले राजनीतिक अपराध गरेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभाको सातौ अधिवेशनअन्र्तगत दोस्रो बैठकमा विशेष समयमा बोल्दै नेता कँडेलले यसमा पार्टीले कुनै दुःख मनाउ नगरेको प्रतिक्रिया दिए । 

चार सांसदहरूको ६ महिनासम्म मात्र मन्त्री पद रहन पाउनेप्रति संकेत गर्दै कँडेलले आक्रेश पोख्दै भने,  ‘जिन्दगी ६ महिनामै सकिने भयो’ उनले कर्णालीमा भएको यो घटना सत्ताधारी दलहरूको मिलेमत्तोमा सफल भएको बताए ।


‘वैशाख तीन गते जुन् सत्ताधारी दलका संलग्नतामा घटना भयो यो राजनीतिक अपराध हो’ उनले भने, ‘सँगै रहेको साथी भगौडा जस्तो भागेर गए ।’ नेता कँडेलले पार्टीमा यो नयाँ घटना भएको टिप्पणी गरे ।  ‘भगौडाहरू पनि कर्णालीबाटै जन्मिए र त्यस्ता भगौडालाई पुरस्कृत गर्ने पनि कर्णालीबाट सुरु भयो’ पहिलोपटक संसदमा प्रमुख प्रतिपक्षि दलको रुपमा प्रस्तुत भएका कँडेलले भने, ‘भगौडाहरुको बाहुल्यता रहेको कर्णाली सरकारबाट नागरिकले सुशासन र विकासको के आशा गर्ने ।’ 

संसदभित्र को कहाँ बस्छ त्यसको अर्थ लाग्ने भन्दै यस विषयमा केही बोल्न नचाहेको प्रतिक्रिया दिए । ‘भगौडालाई पुरस्कार दिएर झण्डा हल्लाएर केही हुँदैन, अब चुनाव आएपछि थाहा हुन्छ’ उनले भने । चार जना अपराध गर्नेहरूले लिएको निर्णयले आफू उत्तेजित नहुने भन्दै उनले एमाले लोकतान्त्रिक आचरण बोकेका पार्टी भएको स्पष्ट पारे । सांसद कँडेलले कर्णालीमा भएका विकास निर्माणका कामहरू भरण पोषणको लागि उपयुक्त भएको भन्दै विकासका लागि उपयूक्त नभएको उल्लेख गरे ।


Author

थप समाचार
x