कर्णाली

कर्णालीमा एकै दिन गर्भवती महिलासहित ९ जनाको  निधन !

लक्ष्मी भण्डारी |
बैशाख १७, २०७८ शुक्रबार २०:१७ बजे

काठमाडौँ : कोभिड–१९ संक्रमणबाट कर्णालीमा एकैदिनमा गर्भवती महिलासहित नौ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार मृत्यु हुनेमा ७ जना पुरुष र दुई जना महिला रहेका छन् ।

निर्देशानालयका निर्देशक डाक्टर रबिन खड्काका अनुसार दैलेखका नारायण नगरपालिका वडा नम्बर ६ का एकजना गर्भवती महिलाको जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका १० की ३२ वर्षीय महिला, सुर्खेत पञ्चपुरी ११ का ६० बर्षीय पुरुष, वीरेन्द्रनगर ८ का ६३ बर्षीया पुरुष, लेकवेशी १ का ४५ बर्षिया पुरुष रहेका छन् । त्यसैगरी सुर्खेत वीरेन्द्रनगर ११ का ५१ बर्षिया पुरुष, वीरेन्द्रनगर १२ का ४० बर्षिया पुरुषको प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको खड्काले जानकारी दिए ।


यस्तै सिद्धकुमाख गाउँपालिका २ का ४२ वर्षे पूरुषको जिल्ला अस्पताल सल्यान र मुसिकोट ४ का ६० वर्षे पुरुषको जिल्ला अस्पताल रुकुम पश्चिममा मृत्यु भएको हो  । योसँगै कर्णालीमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।


Author

थप समाचार
x