कर्णाली

कोभिड-१९ महामारीमा कालोबजारी

लक्ष्मी भण्डारी |
बैशाख १८, २०७८ शनिबार १६:४१ बजे

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार क्षेत्रमा अनुगमन गरेको छ । बुधबारदेखि सुर्खेतमा जारी गरिएको निषेधाज्ञामा हुनसक्ने कालोबजारी रोक्नको लागि शनिबार बजार क्षेत्रमा अनुगमन गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अगुवाईमा मेडिकल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको छ । निषेधाज्ञाको बेलामा बजारमा कालोबजारी हुने, कृतिम अभाव सिर्जना गरी उपभोक्ताहरुलाई मर्कामा पार्ने काम हुने भएकोले अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए ।                         


महतले मेडिकलहरुमा मास्क सेनिटाइजरको प्रयोग, बिक्री दरलगायतको वारेमा जानकारी लिइएको बताए । यस्तै शनिवार विहान वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य बस्तुका पसल तथा तरकारी मण्डीहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विशेषगरी तेल, पिठोको मूल्य बृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताए । 

कुनै व्यापारीले अस्वभाविक मूल्य बृद्धि गराएको पाइए कारबाही गरिने उनले बताएका छन् । अनुगमनका क्रममा महतले व्यापारीहरुलाई स्वास्थ्यका मापदण्ड अपनाएर तोकिएको समयभित्र सामानहरु बिक्री गर्न सुझाव दिएका छन् । यस्तै उनले तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनि करुपमा उपभोग्य बस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिएका छन् ।


Author

थप समाचार
x