कर्णाली

कर्णालीकाे संसद् हाँक्ने जिम्मा महिलाको काँधमा

इकागज |
माघ ९, २०७९ सोमबार १८:२७ बजे

सुर्खेत- अघिल्लो कार्यकालमा पुरुषले नेतृत्व गरेको कर्णाली प्रदेशसभाको नेतृत्व गर्ने जिम्मा अब महिलाको काँधमा आएको छ ।

प्रदेशसभाको सभामुख र उपसभामुखमा महिला नै निर्वाचित भएपछि संसद् हाँक्ने जिम्मा महिला सांसदको काँधमा पुगेको हाे । गएको आइतबार एमालेकी सांसद नन्दा गुरुङ सभामुखमा निर्वाचित भइन् । बुधबार उपसभामुखमा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । सभामुख र उपसभामुख दुवै समानुपातिक सांसद हुन् ।


सभामुख नेकपा एमाले र उपसभामुख नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका छन् ।

अघिल्लो कार्यकालमा राजबहादुर शाहीले सभामुख पदको नेतृत्व गरेका थिए भने उपसभामुखमा पुष्पा घर्तीले नेतृत्व गर्दै आएकी थिइन् । यसपटकको कार्यकालमा भने दुवै पदमा महिलाले नै नेतृत्व गर्ने अवसर मिलेको छ । 


Author

थप समाचार
x