कर्णाली

आगलागी हुँदा १३ वर्षीया बालिकाको मृत्यु , एक घाइते

इकागज |
माघ २४, २०७९ मंगलबार ९:१० बजे

जुम्ला- चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

लोक बहादुर भण्डारीको घरमा गएराती साढे १० बजे आगलागी हुँदा उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ भने घरमुली लोकबहादुर घाइते भएका छन् ।


आगलागी भएको घरमा भण्डारीका सासु श्रीमती छोरी गायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए । उनका अनुसार लोकबहादुर खुट्टा पोलेको भने अन्य परिवार सहकुशल रहेका छन् । उनका अनुसार ढुङगा र काठले बनेको तिन तलाको घर टिनको छानोले छाइएको थियो ।

प्रहरीका अनुसार आगो दोस्रो तलाबाट लागेको अनुमान गरीएको छ । मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो ।  

प्रहरीले आगलगीको कारणको बारेमा अनुसन्धान गिररहेको छ भने पुरै घर जलेर नष्ट भएको छ । क्षतिको थप बिवरण आउन बाँकी छ ।  

 


Author

थप समाचार
x