कर्णाली

कर्णाली सरकारको प्रवक्तामा कृष्ण जिसी

इकागज |
माघ २४, २०७९ मंगलबार १५:२४ बजे

सुर्खेत- कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीलाई तोकिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी जिसीलाई दिने निर्णय गरेको हो । साथै बैठकले फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो साताको बुधबार बस्ने निर्णय पनि गरेको छ ।


बैठकले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
 


Author

थप समाचार
x