कर्णाली

जुनीचाँदेका दुई वडामा तोडफोड

इकागज |
फागुन ६, २०७९ शनिवार १५:४२ बजे

फाइल फोटो

सुर्खेत - जाजरकोटको जुनीचाँदे गाउँपालिका भित्रका दुई वडामा अज्ञात समूहले तोडफोड गरेको छ । हिजो राती वडा नं ३ र ५ को वडा कार्यालयमा तोडफोड भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।

वडा नं. ३ मा ताला फोडेर ल्यापटप महत्वपूर्ण कागजातहरू चोरी भएका छन् भने वडा नं ५ मा दुई वटा ल्यापटप, प्रिन्टर, नागरिकता सम्बन्धी फाइलहरु चोरी भएको नेपालीले बताए ।


 वडा कार्यालयहरुमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान भइरहेको उनले बताए । कसले वडा कार्यालयमा तोडफोड गरेको भन्ने खुल्न सकेको छैन।


Author

थप समाचार
x