कर्णाली

कर्णालीका क्याम्पसहरूमा स्ववियु निर्वाचन जारी

इकागज |
चैत ५, २०७९ आइतबार १५:३२ बजे

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका अधिकांश क्याम्पसहरुमा निर्वाचन जारी रहेको छ । छिटफुट स्थान बाहेक अन्य सबै क्याम्पसहरुमा बिहान आठ बजेदेखि मतदान जारी रहेको छ । मध्यपश्चिम विश्वविद्यालयका १० वटा आंगिक र त्रि–भूवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा मतदान भइरहेको छ । मध्यपश्चिम विश्वविद्यालयमा भने उच्च अदालतमा मुद्दा परेकाले निर्वाचन स्थगित गरिएको छ ।  

सुर्खेत बहुमुखी क्याम्पसमा पनि बिहान ८ बजेदेखि नै मतदान जारी छ । यहाँ करिब २ हजार ५ सय भन्दा बढी मतदाता  रहेका छन् । यहाँ  एमाले निकट अनेरास्ववियूका अक्कलबहादुर सिजापति र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हिक्मत शाहीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ नेविसंघले अखिललाई सघाएको छ भने अनेरास्ववियू (एस)ले अनेरास्ववियूलाई सघाइरहेको छ ।


दोणाञ्चल क्याम्पस दुल्लू दैलेख, नारायण क्याम्पस, कालिकोटको तिला कर्णाली बहुमुखी, मुगुको रारा बहुमुखी क्याम्पस, लगायतका क्याम्पसहरुमा पनि मतदान जारी छ । कर्णालीका केही क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भइसकेको छ । 
 


Author

थप समाचार
x