कर्णाली

कर्णालीमा स्ववियु निर्वाचन : १५ क्याम्पसमा क्रन्तिकारी, १२ नेविसंघ र पाँच अनेरास्ववियु

इकागज |
चैत ६, २०७९ सोमबार १४:५५ बजे

तस्बिर : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि हिमशिखर बहुमुखी क्याम्पका स्ववियु पदाधिकारी ।

सुर्खेत- कर्णाली प्रदेशका विभिन्न क्याम्पसहरूमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावमा अखिल क्रान्तिकारी अगाडि आएको छ । पछिल्लो परिणाम अनुसार माओवादी निकट अखिल क्रान्तिकारी १५ क्याम्पसमा जित निकाल्दै अगाडि देखिएको हो । यस्तै कांग्रेस निकट नेविसंघले १२ र एमाले निकट अनेरास्ववियुले ५ क्याम्पसमा चुनाव जितेको छ ।

अखिल क्रान्तिकारीबाट सिन्जा बहुमुखी क्याम्पस सिन्जा जुम्लामा सन्तोष आचार्य, स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम किरण विश्वकर्मा विजयी भएका छन् । यस्तै सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी, सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी, चतुर्देव हिसुप क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की, बन्गाड क्याम्पस, सल्यानमा अजय बिष्ट, फारुला बहुमुखी क्याम्पस दार्मा सल्यानमा वरुण न्यौपाने विजयी भएका छन् ।


अखिल क्रान्तिकारीकै रनचन्द्र शाही लिकु संयुक्त क्याम्पस डोल्पाबाट, जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोटबाट जागेश्वर थापा,जनकल्याण बहुमुखी क्याम्पस सल्यानबाट एकराज ओली,  तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटबाट हिक्मत सिंह विजयी भएका छन्

त्यसैगरी सिम्रुत क्याम्पस, रुकुमबाट निर्मला बुढाथोकी, चौरजहारी क्याम्पस रुकुम भरत विक,  राडिज्यूला शिक्षा क्याम्पस आठविसकोटबाट दिपक केसी जनचेतना बहुमुखी क्याम्पस कालिकोटबाट पार्वतीकुमारी सञ्ज्याल विजयी भएका छन् ।

नेविसंघ अन्तर्गत चामुण्डा कलेज दैलेखमा सुनिल शाही, रारा बहुमुखी क्याम्पस मुगुमा राज तामाङ, नन्दमा बहुमुखी क्याम्पस कालिकोटमा जुनिता विष्ट विजयी भएका छन् । यस्तै गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा गोपाल खड्का र डोल्पो क्याम्पस दुनै डोल्पामा खिमबहादुर रोकाया,रुकुमेली क्याम्पस रुकुम पश्चिममा अनिशेष केसी, भेरी ज्ञनोद्धय क्याम्पस जाजरकोट छविराज सिंह, जुम्ला बहुमुखी क्याम्पस महेश हमाल, विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेतमा चेतन नेपाली, दोञ्चल बहुमुखी क्याम्पस दुल्लु दैलेख प्रकाश थापा, आठबीस शिक्षा क्याम्पस आठबीस दैलेखमा नगेन्द्रबहादुर शाही र भेरी ज्ञनोदय बहुमुखी क्याम्पस जाजरकोटमा प्रकाश सिंह जियी भएका छन् ।

अनेरास्ववियुतर्फ सिम्ता बहुमुखी क्याम्पस सुर्खेतमा धनश्याम रेग्मी, अमरदीप क्याम्पसमा अनुप ढकाल सभापतिमा विजयी भएका छन् । यस्तै हिम शिखर बहुमुखी क्याम्पसमा सिर्जना रसायली, भेरी बहुमुखी क्याम्पस गुमीमा शक्ति पौडेल र कपुरकोट बहुमुखी क्याम्पस सल्यानमा राप्रसाद आचार्य सभापतिमा विजयी भएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेत उच्च अदालतमा मुद्दा परेको कारण चुनाव भएको छैन ।
 


Author

थप समाचार
x