कर्णाली

कर्णालीमा संघीय बजेट : सबैभन्दा बढी सुर्खेतका पालिकालाई

इकागज |
जेठ १७, २०८० बुधबार १३:३९ बजे

सुर्खेत। कर्णालीका स्थानीय तहले संघीय सरकारबाट झण्डै २७ अर्ब बजेट पाएका छन् । आर्थिक वर्ष २०८०–०८१ का लागि संघीय सरकारले कर्णाली ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट दिएका हो ।

प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतका स्थानीय तह र सबैभन्दा कम मुगुका स्थानीय तहले पाएका छन् । सुर्खेतका ९ स्थानीय तहले कुल ४ अर्ब ८८ करोड ३२ लाख बजेट पाएका हुन् । त्यस्तै मुगुका स्थानीय तहले सबैभन्दा कम बजेट पाएका छन् । मुगुका चार वटा स्थानीय तहको बजेट सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भन्दा पनि कम छ । मुगुका तीन वटा गाउँपालिका र एउटा नगरपालिका गरेर कुल एक अर्ब ३९ करोड ६६ लाख मात्रै बजेट पाएका छन् । जबकी संघीय सरकारले सुर्खेतको वीरेन्द्रनगरलाई नै १ अर्ब ६२ करोड ७४ लाख पाएको छ ।


यसैगरी  संघीय सरकारबाट दैलेखका ११ स्थानीय तहले कुल ३ अर्ब ७१ करोड ४८ लाख, जाजरकोटका ७ स्थानीय तहलाई २ अर्ब ६५ करोड ६५ लाख, कालिकोटका ९ स्थानीय तहलाई २ अर्ब ७५ करोड १३ लाख, हुम्लाका ७ स्थानीय तहलाई १ अर्ब ७१ करोड बजेट पाएका छन् ।

आगामी आर्थिक वर्ष ०८०–०८१ का लागि जुम्लाका ८ स्थानीय तहलाई कुल २ अर्ब ३७ करोड २२ लाख, डोल्पाका ८ स्थानीय तहलाई १ अर्ब ८४ करोड ७१ लाख, सल्यानका दश स्थानीय तहलाई ३ अर्ब ४१ करोड ९३ लाख र रुकुमपश्चिमका ६ स्थानीय तहलाई कुल २ अर्ब २२ करोड ६३ लाख बजेट पठाएको छ । संघीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा बजेट दिएको हो । 
 


Author

थप समाचार
x