कर्णाली

कर्णालीमा कोभिड मृत्तकको शव व्यवस्थापन गर्दै विवेकशीलका युवा

इकागज |
जेठ ११, २०७८ मगलवार ६:८ बजे

काठमाडौँ : विवेकशील साझा पार्टीका युवा कार्यकर्ताले कर्णालीमा संक्रमितको शव व्यवस्थापन गर्न सहयोग गरेका छन् । कोभिडले सल्यान छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ का ४० बर्षे युवा टोप बहादुर मल्लको मृत्यु भएपछि उनको परिवार संकटमा पर्दा साझा पार्टीका युवा कार्यकर्ताले भेरी नदीमा दाउराको प्रबन्ध गरेर शव व्यवस्थापनमा सहयोग गरेका हुन् ।


मल्ल बितेपछि उनका केही आफन्त मात्रै थिए । शव व्यवस्थापनका लागि चाहिने कानुनी प्रक्रिया अलपत्र परेको थियो । तर साझा पार्टीका युवाहरु मिलेर शवको व्यवस्थापन गर्न उनीहरुको आफन्तका लागि दाउरा व्यवस्थापन गर्नुका साथै नदीमै पुगेर आवश्यक सबै सहयोग गरेका थिए । 

भेरी नदीमा संक्रमितको शव जलाउन चाहिने दाउरा नहुँदा आफन्त समस्यामा पर्ने गरेका छन् । विवेकशीलका युवाहरुले अहिलेसम्म दुई वटा शवको व्यवस्थापन गरेका सुर्खेतबाट पवन थापाले जानकारी दिए । उनका अनुसार उनीहरुले सोमबार मुख्यमन्त्री महेन्द्र शाहीको कार्यालय अगाडि अक्सिजन र संक्रमितको शव व्यवस्थापनका लागि सहयोग गर्न माग गर्दै धर्ना समेत दिएका थिए । 


Author

थप समाचार
x