कर्णाली

कर्णालीमा कोभिड संक्रमणमुक्‍त हुनेको संख्या बढ्दै

लक्ष्मी भण्डारी |
जेठ १८, २०७८ मंगलबार १४:३० बजे

सुर्खेत: कर्णालीमा कोभिड संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । प्रदेशमा हालसम्म एक लाख १५ हजार चार सय ३३ जना परीक्षण गरएकोमा १७ हजार एक सय ५० जनामा संक्रमण देखिएको छ । हालसम्म प्रदेमा ९५ प्रतिशत संक्रमण मुक्त भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । पछिल्लो समय प्रदेशमा संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि भएको निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । 

हिजो  मात्र कर्णाली प्रदेशमा पाँच सय १२ सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा एक हजार एक सय १३ जनाको परीक्षण गरिएकामा दुई सय ६ जनामा संक्रमण पुष्टि खड्काले जानकारी दिए । 


खड्काका अनुसार संक्रमणबाट गम्भीर प्रकृतिका ६ जना भेन्टिलेटरमा, ५३ आइसीयूमा, तीन सय ७० आइसोलेसन केन्द्रमा रहेका छन् ।  निर्देशनालयका अनुसार पाँच हजार एक सय ७१ जना होमआइसोलेसनमा रहेका छन् । कर्णालीमा कोभिडको कारण हुने मृत्युदरमा कमी आएता पनि मृत्ये हुने क्रम भने रोकिएको छैन । निर्देशनालयका अनुसार प्रदेका १० जिल्लामा कोभिडका कारण दुई सय ४७ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लो समय प्रदेशमा अक्सिजनको चरम अभाव हुने समस्या पनि नदेखिएको प्रदेश अस्पतालमा कार्यरत डा. संजिव भण्डारीले जानकारी दिए । संक्रमितहरू घट्दै गएका कारण अक्सिजनको चरम अभाव नदेखिएको भण्डारीले बताए । प्रदेशका स्थानीय तहहरुले आइसोलेसन स्थापना गरेर उपचार गर्न थालेपछि प्रदेश अस्पतालमा आउने संक्रमितको संख्या घट्दै गइरहेको छ । 
 


Author

थप समाचार
x