कर्णाली

सुर्खेतमा राउटे युवतीलाई रक्सी खुवाएर दुर्व्यवहार, तीन जना पक्राउ

इकागज |
जेठ २३, २०७८ आइतबार ११:९ बजे

सांकेतिक तस्बिर

सुर्खेत : राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । राउटे युवतीलाई स्थानीय युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवतीहरु असुरक्षित भएका छन् । 


सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथी दुर्व्यवहार हुन थालेको छ  । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन् । 

राउटे युवतीहरुमाथि भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका छन् । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोतीको भेरी नदी किनारमा बसाई सरेका छन् । 


Author

थप समाचार
x