कर्णाली

समानान्तर कमिटी गठन गरेको भन्दै जिल्ला कमिटी सचिव पदमुक्त

लक्ष्मी भण्डारी |
जेठ २३, २०७८ आइतवार १८:२६ बजे

सुर्खेत : समानान्तर कमिटी गठन गरेको भन्दै नेकपा एमालेले सुर्खेतले जिल्ला कमिटी सचिव मोहनसिंह बडुवाललाई पदमुक्त गरेको छ । नेकपा एमाले जिल्ला कमिटिको आइतबार बसेको बैठकले एमालेका उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

केही दिनअघि माधव नेपाल पक्षका नेता बडुवालको अध्यक्षतामा सुर्खेतमा समानान्तर कमिटी गठन गरिएको थियो । कमिटीका अध्यक्ष धुव्रकुमार शाहीका अनुसार, पार्टी विधान विपरित काम गरेकाले पदमुक्त गरिएको हो ।



Author

थप समाचार
x