कर्णाली

कर्णालीका दश जिल्लामा निषेधाज्ञाको अवस्था के छ ?

निषेधाज्ञा खुकुलो, सवारी साधन सञ्चालन गर्दै प्रशासन

जितेन्द्र थापा |
असार १६, २०७८ बुधवार १७:५७ बजे

सुर्खेत : कोभिड–१९ को दोस्रो महामारी फैलिएसँगै कर्णाली प्रदेशमा १० वटै जिल्लाहरूमा गरिएको निषेधाज्ञा खुकुलो हुँदै गएको छ । पछिल्लो समय संक्रमण दर घटेसँगै निषेधाज्ञा पनि खुकुलो हुँदै गएको हो ।  हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या एक हजार एकसय सात रहेको छ भने स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशमा मृतकको संख्या तीन सय २७ जना पुगेको छ ।  
   
प्रदेशका दशवटै जिल्लामा हाल महामारीकोे संक्रमण दर हेरर विस्तारै खुकुलो बनाउँदै सबै प्रकारका पसल व्यावसाय तथा निजी र सार्वाजनिक सवारी साधान पनि सञ्चालनमा आएका छन् भने केही जिल्ला प्रशासनहरूले गृह मन्त्रालयको निर्णय अनुसार सबै प्रकारका सवारी साधानहरू चलाउँने भन्दै निर्णय कुरेर बसेका छन् । केही जिल्लाहरूमा निषेधाज्ञा खुकुलो पाँदै निषेधाज्ञाको समय थपिएको समेत प्रशासनहरूले जनाएका छन् ।  
 
सुर्खेतः कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर सुर्खेतमा गत बैषाख १४ गते असार १७ गते रातिसम्म जारी निषेधाज्ञा पुन एक हप्ता थप गर्ने योजना बनाएको जिल्ला प्रशासन कार्यलय सुर्खेतले जनाएको छ ।
 
प्रशासनकाअनुसार जिल्लामा भने बिहान ६ देखि दिउँसो २ बजेसम्म सबै प्रकारका पसलहरू सन्चालन भइरहेका छन् । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार अब बस्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका बैठकले जारी निषेधाज्ञालाई आज बस्ने एक हप्ता थप गदै  जिल्ला भित्र सवारी साधन जोर विजोर नम्बर अनुसार चल्ने विषयमा निर्णय गर्ने प्रशासनलको तयारी रहेको छ । 

डोल्पाः त्यस्तै डोल्पामा पनि प्रशासनले निषेधाज्ञा खुकुलो पादै बिहान ६ बजेदेखि साझ पाँच बजेसम्म सबै प्रकारका व्यवसाय खुल्ने डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए । उनका अनुसार डोल्पामा यही असार २१ गतेसम्म निषेधाधा जारी भएको र सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनहरू सिट क्षमताभन्दा कम राखेर स्वास्थ्य मापदण्ड अपानाइ जिल्ला भित्र मात्रै असार १५ गतेबाट सञ्चालन गरेकोे छ ।


हुम्लाः हुम्लामा जारी निषेधाज्ञा १७ गतेसम्म रहेको छ भने जिल्ला प्रशासन हुम्लाका प्रमुख गणेश आचार्यकाअनुसार खाद्यान्न तथा तरकारी पसरलहरू बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म र होटेल तथा रेस्टुरेन्ट बिहान ६ बजेदेखि साँझ नौ बजेसम्म संचालन भइरहेको छ । जिल्ला भित्र सबै ठाउँमा सडक सञ्जाल नपुगेको र पुगेको ठाउँमा भने सवारी साधन सञ्चालन भइराखेका आचार्यले जानकारी दिए । 

रुकुमः रुकुम पश्चिममा भने कोभिडे जोखिम कम भइ नसकेकाले असार १७ गते देखि निषेधाज्ञा थप गर्ने प्रशासनले बताएको छ । रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार पसल व्यवसाय बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ने, हाडर्वयर पसल र फेन्सि पसल बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म खोल्ने र सवारी साधन संचालनको लागि तत्काल निर्णय नभएको गैह्रैले जानकारी दिए । 
     
जजरकोटः जिल्ला प्रशासन कार्यालय जजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरीप्रसाद देवकोटाका अनुसार जाजरकोटमा गत वैशाख १८ गतेदेखि जारी निषेधाज्ञा हालसम्म जारी रहेको छ । देवकोटाका अनुसार हालको निषेधाज्ञालाई खुकुलो पार्दै बिहान ६ देखि १० बजेसम्म पसल व्यवसाय संचालन भएका छन् भने जिल्ला भित्र मात्रै सवारीसाधन असार १५ देखि सबै प्रकारका सञ्चालन भइरहेका छन् । बाँकी निर्णय गृह मन्त्रालयको निर्देशन अनुसार चल्ने प्रशासनको भनाइ छ ।

मुगुः त्यस्तै मुगु जिल्लका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद सिवाकोटीले मुगुमा असार १५ गते देखि एक हप्ता निषेधाज्ञा थप गरिएको बताए । जिल्ला भित्र मात्रै स्वास्थ्य मापदण्ड र सिट संङ्याभन्दा कम यात्रु राखेर सवारी साधनहरू समेत सञ्चालन भइरहेका प्रशासनले जनाएको छ भने अति आवश्यकका पसल व्यवसायहरू बिहान ६ देखि दिउँसो ४ बजेसम्म सुचारु भइरहेको तथा अन्य वडा कार्यालयहरूमा स्वास्थ्य मापदण्ड अपनाएर कामकाज भई सेवा प्रधान गरिरहेको प्रमुख सिवाकोटीले बताए ।
 
दैलेखः दैलेखमा सबै प्रकारका व्यवसायहरू बिहान ६ देखि दिउँसो ४ बजेसम्म सञ्चालन भइरहेका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद प्याकुरेलका अनुसार निजी सवारी सबै प्रकारका स्वास्थ्य मापदण्ड अपनाएर संचालन गर्न दिएको साथै जिल्लाका बाहिरका मजदुरहरूलाई सम्बन्धित जिल्लामा सम्पर्क गरेर पठाएको प्याकुरेलले बताए ।

जारी निषेधाज्ञा असार १७ गते  सकिँदैछ र असार १७ गते बस्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक यातायात संचालन हुने नहुनेबारे असार १७ गते नै निर्णय हुने प्याकुरेलले जानकारी दिए । 
     
कालिकोटः कालिकोट जिल्लामा पनि निषेधाज्ञालाई खुकुलो पादै असार १५ देखि २३ गतेसम्म निषेधाज्ञा थप सँगै १५ गते देखिनै जिल्लाभित्र मात्र निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालन भएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

सल्यानः सल्यान जिल्लामा अत्यावश्यकका पसलहरु बिहान ६ देखि दिउँसो ३ बजेसम्म संचालन गर्न दिएको प्रशासनले जनाएको छ । निजी सवारी जोरविजोरमा सञ्चालन भइरेको र असार २० गतेसम्म निषेधाज्ञा जारी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले जानकारी दिए । त्यस्तै सार्वजनिक सवारी साधान चल्न दिने वा नदिने विषयमा प्रशासनले आउने बैठकमा निर्णय गर्ने प्रमुख हुमागाईको भनाइ रहेको छ ।

जुम्लाः जुम्लामा निषेधाज्ञा असार २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा सबै प्रकारका सभा सम्मेलन, तालिम, सेमिनार, गोष्ठी तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न/गराउन नपाउने, अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्न, शैक्षिक संस्था खोल्न नपाइने प्रशासनले जनाएको छ ।


Author

थप समाचार
x