कर्णाली

कर्णालीमा अध्यादेशबाट बजेट पारित हुने

इकागज |
असार ३१, २०७८ बिहीबार ५:३८ बजे

सुर्खेत : कार्यससूचीमा प्रवेश नगरी कर्णालीमा प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको हो । सोही सिफारिसअनुसार  प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट चालु आठौं अधिवेशन अन्त्य गरेका छन् ।

बुधबार पनि आठौं अधिबेशनको अठारौं बैठक पनि एमालेले अवरुद्ध गरेको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिएपछि कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट पारित गर्ने भएको छ ।



Author

थप समाचार
x