कर्णाली

मोबाइल चार्जरका लागि दुइभाइको झगडा, भाइको मृत्यु

लक्ष्मी भण्डारी |
साउन ६, २०७८ बुधबार १७:२१ बजे

सुर्खेत : सल्यानमा आफ्नै दाइले भाइको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–५का दुई बालकले आपसी झगडा गर्दा १३ वर्षे सन्दीप परियारको ज्यान गएको हो । 

सन्दिपको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । मंगलबार साँझ ८ बजेतिर दाजुभाइबीच  एक आपसमा झगडा गर्ने क्रममा १४ वर्षीय बालकले जुत्ता सिलाउने सियोले बायाँ कानको माथि कंचटमा हानेपछि सन्दिप घाइते भएका थिए । 


घाइते सन्दिपलाई उपचारको लागि नेपालगंज लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान उनको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।  मोबाइलको चार्जरको विषयमा विवाद भएको घटनाले हत्याकै रुप लिएको पौडेलले बताए । 

मृतक सन्दिप र सियो प्रहार गर्ने बालक भैरबी आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यानरत रहेका थिए । मृतक संन्दिप नरेशका छोरा हुन भने मृतकका दाजु १४ वर्षिय बालक रिमवहादुर परियारका छोरा हुन् । घरकै दुईभाइका छोरा घरमै आपसि झगडा हँुदा संन्दिपको अकालमै ज्यान गएको छ । घटनाको विषयलाई ईलाका प्रहरीले कार्यालय सल्लिवजारले थप अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x