कर्णाली

बदेलले मकैबाली खाएपछि दैलेखका किसान चिन्तित

इकागज |
साउन ७, २०७८ बिहीबार ६:२० बजे

दैलेख - दुल्लु नगरपालिका १० मा बदेलले कृषकले लगाएको मकै बाली नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन् । दुल्लु – १० गमौडीका विभिन्न स्थानमा लगाइएको मकै बाली जंगली जनावर बदेलले नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका हुन् । 

रातको समयमा बदेलले मकै बाली नष्ट गर्ने गरेको स्थानीय कृषक महेन्द्र थापाले बताए । खेती नजिकै सामुदायिक रहेका वन रहेका छन्, जसका कारण जंगली जनावरको समेत बिगबिगी रहेको छ । त्यस स्थानमा गत वर्ष पनि बदेलले आतङ्क मच्चाएको थियो । ‘कहिले काहि बदेलले गोरु, बाख्रा र कहिले मान्छेलाई नै आक्रमण गर्ने गर्छ’, कृषक थापाले भने,  ‘यस वर्ष पनि बदेलले वर्षभरीको खेती स्याहार्ने बेला उत्पात मच्चाएको छ ।’


यसरी मकै बाली भित्र्याउने बेलामा बदेलले मकै सखाप पार्न थाले पछि कृषकहरु रातभर जागाराम बस्न बाध्य छन् । केही दिनसम्म युवाहरुको समुह बनाएर रातको समयमा बदेललाई धपाउने र लखट्ने गरेको समेत थापाले बताए । तर पनि मकै बालीलाई बचाउन नसकिएको कृषक थापाको भनाइ छ ।   अर्का कृषक निरक खड्काका अनुसार बदेलले मकै,आलु,बदाम,भटमास सबै नष्ट पारेको बताए । 


Author

थप समाचार
x