कर्णाली

कर्णाली प्रदेश सरकारविरुद्ध तीन सय बढी भ्रष्टाचारका उजुरी

इकागज |
साउन १५, २०७८ शुक्रबार ६:३५ बजे

फाइल फोटो

सुर्खेत : कर्णाली प्रदेश सरकारविरुद्ध तीन सय बढी भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारविरुद्ध तीन सय पाँच वटा  भ्रष्टाचारका उजुरी परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले जनाएको छ । त्यसमध्ये प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र मातहतका कार्यालयविरुद्ध मात्रै एक सय १४ वटा उजुरी छन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयविरुद्ध ८३ वटा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयविरुद्ध ६३ वटा, सामाजिक विकास मन्त्रालयविरुद्ध ४५ वटा र मुख्यमन्त्री कार्यालयविरुद्ध एउटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ । 


कुल उजुरी मध्ये एक सय ४८ वटा मात्रै फछ्र्योट भएका छन् । बाँकी एक सय ५८ वटा उजुरी छानविनकै क्रममा रहेको अख्तियार सुर्खेतका सूचना अधिकारी रमेश गौतमले जानकारी दिए । भ्रष्टाचारका उजुरीहरु प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयविरुद्ध परेका हुन् ।
 
पछिल्लो एक वर्षमा कर्णाली प्रदेशभर १२ सय भन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा कुल एक हजार दुईसय २० वटा उजुरी परेका छन् । उजुरी मध्ये आधा भन्दा कम अर्थात् पाँच सय ७१ वटा उजुरी मात्रै छानविन भएका छन् ।  बाँकी ६ सय ४९ वटा उजुरी भने छानविनकै क्रममा छन् । 


Author

थप समाचार
x