कर्णाली

कर्णाली नदीमा डुंगा पल्टिदा ६ जना बेपत्ता

इकागज |
साउन १७, २०७८ आइतबार १३:५६ बजे

फाइल फोटो

सुर्खेत : कर्णाली नदीमा डुंगा डुब्दा ६ जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट काठको डुंगा चढेर सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत बिजौरा आउने क्रममा डुंगा पल्टिएर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिए । 

बालबालिकालाई नियमित खोप लगाउन उनीहरु मोहन्याल गाउँपालिका अन्तर्गत मलेखाबाट सुर्खेतको विजौरा जाने क्रममा दुर्घटनामा परेका हुन् । वर्षामा बढेको कर्णाली नदीमा डुंगाबाट खसेर बेपत्ता भएपछि खोज्न समेत समस्या भएको बताइएको छ । 



Author

थप समाचार
x