कर्णाली

हुम्लाको तुम्कोट गाउँमा पहिरो, होटल बगायो

इकागज |
साउन २१, २०७८ बिहिवार ९:५ बजे

फाइल फोटो

सिमकोट : केही दिनदेखि परेको अविरल वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ नहर, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण वर्षापछिको बाढी पहिरोले तुम्कोट गाउँमा नजिकैको खेतबारी, होटेल, सिँचाइ कुलो र खानेपानीको पाइप बगाएको हो । 

भीषण वर्षाले माथिबाट पहिरो आउँदा ५०० मिटर लामो खोलामा बनाइएको कुलो बगाएको छ भने अन्य ठाउँमा कुलो क्षतविक्षत बनाएको छ । पहिरोले कुलो बगाउँदा ५०० रोपनी खेतबारी र बाँझो जग्गासमेत नरहेको तुम्कोट गाउँ निवासी छेम्जोक दोर्जे लामा जानकारी दिए । 


उनका अनुसार धेरै समय अगाडि बनाएको सिँचाइ कुलो अहिलेसम्म केही पनि भएको थिएन । एक्कासि ठूलो पानीसँगै पहिरो आउँदा मुहानमा रहेको पाइपसमेत बगाउँदा खानेपानीको समस्या भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि खोलिएको होटलसमेत बाढीपहिरोले बगाएको स्थानीयवासी लेण्डो मिग्युर लामा बताए। खेतबारीमा लगाएको अन्नबाली बगाएको तुम्कोट गाउँका हिसे पाल्मो लामाले बताए । 

गाउँनै भोकमरी पर्ने सक्ने भन्दै त्यसका लागि सक्दो पहल गरिने नेपाल रेडक्रस शाखा हुम्लाका मन्त्री तथा नेपाल अस्ट्रिया साझेदारी संस्थाका संयोजनक छेपाल दोर्जे लामाले बताए । रासस


Author

थप समाचार
x