कर्णाली

दैलेखमा शिक्षकको हत्या, शंकास्पद तीन जना प्रहरी नियन्त्रणमा

इकागज |
भदौ २९, २०७८ मंगलबार १७:१ बजे

सुर्खेत - दैलेखको गुराँस गाउँपालिकामा एक शिक्षकको हत्या भएको अवस्थामा शव फेला परेको छ । बिहान गुराँस गाउँपालिका-८ धरमपोखरा पढाउँदै आएका शिक्षक ४१ वर्षीय नगेन्द्र बिसीको शव फेला परेको हो । मृतक शिक्षकको गएराति हत्या भएको हुन सक्ने दैलेख प्रहरीले जनाएको छ । 

बिसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक हुन् । आज बिहान दूध पुर्‍याउन आएका स्थानीय बासिन्दाहरूले विद्यालयको बराण्डामा शव देखेपछि प्रहरीलाई खबर गरेको थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । 


उनले केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए । ‘घटनाबारे विस्तृत विवरण हामी साँझसम्म सार्वजनिक गर्छौं,’ प्रमुख श्रेष्ठले भने, ‘प्रहरी निरीक्षकको कमाण्डमा टोली धरमपोखरा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । शिक्षकको मृत्यु शंकास्पद देखिन्छ ।’


Author

थप समाचार
x