कर्णाली

चाडपर्व नजिकियो, अनुगमनमा तिब्रता

जितेन्द्र थापा |
असोज ८, २०७८ शुक्रवार १०:५८ बजे

सुर्खेत- चाडपर्व नजिकिएसँगै अखाद्य वस्तु बिक्रि वितरण र कालोबजारी हुने हुँदा त्यसको नियन्तणका लागि भएपछि जिल्लास्थित विभिन्‍न सरोकारवाला निकायद्धारा अनुगमनमा चासो दिन थालिएको छ । चाडपर्व नजिकिएसँगै व्यापारीहरूले म्याद गुर्जेका अखाद्य वस्तु बिक्रि वितरण हुने र ग्राहकहरू ठगिने भएकाले अनुगमनलाई तिब्रता दिएको सरोकारवाला निकायले बताएका छन् ।

चाडपर्व नजिकिएसँगै उपभोक्ता ठगिने र व्यवसायीले अखाद्य वस्तु बिक्रि वितरण गर्ने भएकाले सुर्खेतस्थित विभिन्‍न सरोकार निकायसँग छलफल गरी अनुगमनलाई निरन्तरता दिने उद्योग वाणिज्य महासंघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले जानकारी दिए ।


उनका अनुसार अनुगमन कालोबजारी नहुन दिन र अखाद्य वस्तु बिक्रि नहुन दिनको लागि प्रत्येक दिन बजार अनुगमन सक्रियतालाई बढाएको छ,’उनले भने,‘बजार अनुगमनमा स्थानीय सरकार नजिक भएकाले स्थानीय सरकारले गर्दा अझ प्रभावकारी हुन्थ्यो ।’

चाडपर्व नजिकिएसँगै बजारमा सामान किन्‍नेको उत्तिकै भिडभाड हुने अखाद्य वस्तुहरू छ्यापछयाप्ती भेटिन्छन् । ग्राहकहरू सामान किन्‍न पसल पुग्छन् कहि मूल्यसूची राखिएको हुँदैन कतै चर्को मुल्यमा किन्‍न बाध्य भइरहन्छन् । यसको नियन्तणका लागि अनुगमन तिब्र पारिएको र त्यस्तो भेटिए कारबाहीसमेत गरिसकेको खाद्य प्रविधि तथा गुण नियन्तण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

खाद्य प्रविधि ओझेलमा रहेको र गुणमात्र हाइलाईट गर्ने गरिएको खाद्य प्रविधि तथा गुण नियन्तण डिभिजन कार्यालयका प्रमुख एवम सुचना अधिकारी भेष बहादुर थापाले बताए । चाडपर्वका बेला विभिन्‍न कुरामा ठगिने धेरै हुने भएकाले यसमा ग्राहकहरू पनि सचेत हुन सकिन्छ । अर्को खुल्ला वस्तु गरिद गर्दा आखाले हेरेर मात्र खरिद गर्नुपर्छ । कुनै खाद्य पदार्थ खरिद गर्दा खुल्ला ठाउँमा राम्ररी हेरेर खरिद गरे मात्र अखाद्य वस्तु खरिद र ठगिनबाट बच्‍न र उपभोक्ताको हकहित सुरक्षित हुन्छ ।’

कुनै पनि वस्तु सस्तो पायौँ भनेर नकिन्‍न पनि उपभोक्तलाई थापाले आग्रह गरे । उनले भने,‘कुनै पनि वस्तु खरिद गर्दा घुमिफिरी आएको र सस्तो पायौँ भन्‍नेवित्तिकै अधिकांश ग्राहकको मुख्य समस्या छ, सस्तोमा पाइयो भने त्यसमा कुनै न कुनै समस्या छ भनेर बुझ्नुस् । गरिद गर्दा राम्रै मुल्य तिर्नुस राम्रै सामान किन्‍नुस ठगिनबाट जोगिन सकिन्छ ।’

सुर्खेतमाा पेय पदार्थ पानी, तेल र दुध गरिद गर्दा विशेष ध्यान दिन ग्रहकलाई आग्रह गरेका छन् । सरकारले दुध दहीको लागि निर्देशिका जारी गरेको छ । उत्पादककर्ताले डेरी व्यवसायले के के गर्ने भनेर तोकेको छ,तर त्यो कसैले लागू नगर्ने डेरी उद्योगलाई कारबाहीसमेत गरिएको थापाले बताए । उपभोक्ताले सामान खरिद गर्दा पसलको मूल्यसूची हेर्नुस, कहिले उत्पादन भएको कुन कम्पनीद्धारा उत्पादन भएको हो,’उनले भने, ‘यि कुराहरूमा उपभोक्ताले ध्यान दिने हो भने ९० प्रतिशत उपभोक्ताको अधिकार सुनिश्चित हुन्छ ।’

दसैँ लगत्तै कपडा, भाँडा पसलको लागि छलफल हुने र त्यसमा पाँचदेखि दश प्रतिशत छुट दिने र खाद्य पदार्थमा कसले कति सक्छ एक रुपैयाँदेखि दश प्रति केजी रुपैँयासम्म छुट दिनुहोला भनेर अनुरोध गरिसकेको र रावतको भनाई छ ।

खाद्य प्रविधि तथा गुण नियन्तण डिभिजन कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २ वटा चाउमिन उद्योगको कारोबार रोक्का गरिएको छ भने चार वटा उद्योग शिलबन्दी गरिएको २१ वटा उद्योगलाई कारबाही गरिएको छ ।

चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि अनुगमनलाई तिब्रता दिएको छ । चाडपपर्वका बेला हुने कालोबजारी, मुल्य वृद्धिका विषयमा अनुगमन गर्न तिब्रता दिएको प्रशासनले जनाएको छ । एक हप्ता अघि बसेको सरोकारवाला निकायसँग गएिको छलफलमा गरिएको साझा अवधारणा अनुसार खरिद अनुसार बिक्रि हुने सबै क्षेत्रका व्यवसायले मुल्यसूची अनिवार्य देखिने ठाउँमा राख्‍ने,अखाद्य वस्तु बेच्‍न नपाइने नीति तयार भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहाक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार व्यवसायीले मुल्यसूची नराखेमा, अखाद्य वस्तु बिक्रि र चर्को मुल्यमा सामान बिक्रि वितरण भएको पाइएमा हामी ऐन कानुन अनुसार तुरुन्तै कारबाही हुनेछ ।


Author

थप समाचार
x